बा को सम्झनामा [कविता]

प्रकाश सिधाने
  •  
  •  
  •  

बिहानै तस्बिर ढोगेँ
बासँग आशीर्वाद मागेँ
किन हो छोरा ?
कुशे औंशी बा ।

चार वर्ष पुग्यो
बा बोल्नु हुन्न
तस्बिरमा मात्र
म दिनै देख्छु ।

संझना ताजै छ
एकै अनुहारका दुवै
फरक नै के छ र
दुवै पल्टने जोडी
रमाइलो हुन्थ्यो

८५ को उमेरमा
बा ले छाड्नुभो
अन्तिम अवस्था
नर्भिकमा भेटेँ
पीडा भैरहन्छ।

सबैले संझने दिन
कुशे औंशी आज
हामी बीच नभए पनि
संझना खाली छैन
ढोग गरिहन्छु, गरेँ आज

शरीर हुनेले खाए
धेरैले खुवाए होलान
रमाईलो गर्छन पनि
म लेख्दै, भावुक छु
आँशुको घेरा बन्दैछ।

जीवनमा धेरै हुन्छ
रुने र हाँस्ने
बा को यादले
निकै कठिन हुन्छ
फेरि सम्हालिन्छु
म पनि त बा हुँ

प्रत्येक साल आउँछ
कुशे औंशी आउँछ
बा को संझना आउँछ
दुई शब्द आउँछ
मेरो कविता बन्छ।