चलचित्र प्रमोसनका लागि गोर्खा वेनिथ र हिमालयन क्रिकेट क्लबबीच मैत्रीपूर्ण खेल

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

लन्डन भदौ २१ । गोर्खा वेनिथ द ब्रेभरी र हिमालयन क्रिकेट क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्‍न भएको छ ।

गोर्खाज्‌‌बारे पहिलो फिचर फिल्म प्रमोशनका लागि आइतबार गोर्खा वेनिथ र हिमालयन क्रिकेट क्लबबीच अल्डरसटको क्रिकेट मैदानमा मैत्रीपूर्ण खेल भएको हो । मैत्रीपूर्ण खेलमा विजेता हिमालयन क्रिकेट क्लब बन्यो । सोही क्लबका आयुष श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

विजेता खेलाडीहरुलाई प्रमुख अतिथि काउन्सिलरद्वय नेम थापा र प्रवेश केसीले पुरस्कार वितरण गरे । कार्यक्रम एशिया ओरियन्टल, फानबोरो/प्लीमाउथले प्रायोजन गरेको थियो ।

गोर्खाज्‌‌बारे पहिलो फिचर फिल्म भने आगामी नोभेम्बरतिर प्रिमियर गर्ने लक्ष्य राखिएको निर्माण पक्षले जनाएको छ । प्रदीप शाहीद्वारा लिखित र निर्देशित उक्त चलिचत्र क्राउडफन्डिङबाट उठेको रकमले निर्माण गरिएको हो भने सबै स्वयम्‌सेवकको रुपमा संलग्न छन् ।

चलचित्रबाट उठेको सबै रकम गोर्खा वेलफेयर ट्रस्टलाई जाने बताइएको छ ।