चार टुक्रा

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

१ बस्तीहरूको खुशी बस्तीहरूसँग छुटेपछि
मान्छेहरूको मान्छेहरूसँग भरोसा टुटेपछि
बाटोहरू पनि सुनसान बगर हुँदै जाने रहेछ
पाईतालाहरूले बाटोहरूमा टेक्नै छोडेपछि ।

२ पानी नै पानीमा डुबेको छ सारा शहर यहाँ
गड्गडाएर नै आयो बाढी दियो कहर जहाँ
डुब्यो घर गयो जिन्दगी आषाढको शुरुमा नै
चिम्लेर बस्छौ आँखा हे दैव ! अब जाने कहाँ ?

३ नैतिकता पनि सब बेच्छन् मान्छेहरू आजभोलि
आफ्ना दोष जति छोप्छन् मान्छेहरू आजभोलि
व्यवहारमा परेरमात्र चिन्न सक्ने रहेछ मान्छे यहाँ
त्यसैले त निकम्मा छ ईमानदारीता आजभोलि ।

३ रंग थरी थरी छन् तिम्रो, मलाई चिन्नु परेको छैन
तिमीजस्तै मान्छेपिच्छे कुरा गर्दै हिंड्नु परेको छैन
झुट्टा खेल खेलेर भए पनि जित्नै पर्ने स्वभाव तिम्रो
भैगो मलाई त्यसरी कसैलाई उछिन्नु परेको छैन ।