तमु धिं नेपालमा पदपूर्ति, सहसचिवमा गोपाल गुरुङ

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

पोखरा ११, भदौ । तमु धिं नेपालका सह–सचिव, वरिष्ठ सांस्कृतिककर्मी मेनकाजी गुरुङको स्वर्गारोहण पश्चात शोकमा रहेको कार्यसमितिको शुक्रबार सम्पन्न वैठकले रिक्त रहेको पदपूर्ति गरेको छ ।

स्वर्गीय गुरुङ निधनबाट रिक्त रहेको सह–सचिव पदमा निर्माण विभाग र सुरक्षा विभागको जिम्मेवारीमा रहनु भएका सिनियर केन्द्रिय सदस्य गोपाल गुरुङलाई पदपूर्ति गरिएको छ । यसरी नै स्व. गुरुङ संयोजक रहेको सांस्कृतिक विभाग संयोजकमा गत कार्यकालमा सहसंयोजक र हाल भाषा तथा साहित्य विभाग प्रमुख केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसरी नै स्वर्गीय गुरुङले सम्हाल्दै आएको राज्य संयन्त्र समन्वयको जिम्मेवारी प्रचार विभाग संयोजक एवं केन्द्रिय सदस्य सुरेन्द्र गुरुङलाई जिम्मेवारी वैठकले दिएको छ ।

वैठकमा तमु समाज कतारका प्रतिनिधीहरु पदम गुरुङ, भेष गुरुङ, उत्तम गुरुङ र माया गुरुङले तमु धिं नेपालको भवन तथा स्वागतद्वार निर्माणका लागि तमु समाज कतारद्वारा पठाइएको सहयोग रु. १,१२,५१२/– अक्षरुपी एक लाख बाह्र हजार पाँच सय बाह्र रुपैयाँ तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङलाई हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा कतारका तर्फबाट पूर्व सहसचिव पदम लेम गुरुङले बोल्नु भएको थियो भने तमु धिं नेपाल अध्यक्ष हुम बहादुर गुरुङले धन्यवाद सहित विश्वभरका गुरुङहरु एक हुन आग्रह समेत गर्नु भएको थियो ।