एनआरएनए आईसीसी महिला संयोजकमा जुनु गुरुङले उम्मेदवारी दिने

गोर्खा मिडिया संवाददाता
  •  
  •  
  •  

सोल भदौ ५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी महिला संयोजकमा जुनु गुरुङले उम्मेदवारी दिने भएकी छन् ।

आगामी अक्टोबर २३ देखि २५ तारिखमा काठमाडौंमा हुने एनआरएनएको विश्व सम्मेलनमा गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी यसअघि पनि सोही पदमा दाबेदार थिइन् ।

सन् २०१७-१९ मा एसिया प्यासिफिक महिला फोरम संयोजक रहेकी गुरुङले विश्वभरिका अग्रज एनआरएनए अभियन्ताको सल्लाह र सुझावअनुसार आईसीसी महिला संयोजकमा उम्मेदवारी दिने निर्णय लिएको बताइन् ।

उनले विश्वभरी महिलाहरुको सञ्जाल विस्तार गर्नु आफ्नो मुख्य एजेन्डा हुने उल्लेख गरिन् ।